प्रधानमन्त्री दाहालद्वारा उपप्रधानमन्त्री खड्काकी भाइबुहारीको परिवारलाई समवेदना

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड जानेक्रममा नेपाली सेनाको हेलिकप्टरमार्फत आज सुर्खेतको वीरेन्द्रनगर आईपुगेका छन् । प्रधानमन्त्री दाहालसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकलगायतका नेताहरु पनि खप्तड जानका लागि सुर्खेत आईपुगेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गंगा दशहरा मेलाको उद्घाटन लागि आएका प्रधानमन्त्री दाहालले सडक दुर्घटनामा ज्यान गुमाएकी उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको परिवारलाई समवेदना दिन उनको निवास पुगेर पुगेका थिए ।

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काकी श्रीमती ५३ वर्षीया डा. सञ्जु खाती खड्काको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । काठमाडौंबाट सुर्खेततर्फ आउदै गर्दा डाक्टर सञ्जु सवार कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै गत मङ्गलवार बेलुका साढे पाँच बजे बजेतिर नेपालगन्जबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो ।

Translate »