बाँकेमा जलेको अवस्थामा प्राध्यापक रेग्मीको शव भेटियो

बाँके। आदर्श मावि बाँके राँझाका शिक्षक रवीन्द्र रेग्मीको शव जलेको अवस्थामा जङ्गलमा फेला परेका छ । राप्ती सोनारी गाउँपालिकाको ढकेरीनजिकैको जङ्गलमा आज (मङ्गलवार) बिहान रेग्मीको शव फेला परेको हो ।

उनी हिजो (सोमबार) बिहान १०ः३२ बजेतिर घरबाट निस्केका थिए । उनको मोटरसाइकल पूर्वपश्चिम राजमार्गको छेउमा ट्रकका चालकले देखेपछि प्रहरीलाई सूचना दिएका थिए । जङ्गलमा घाँस काट्ने क्रममा महिलाहरूले शव देखेका थिए । प्रहरी अहिले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । शिक्षक रेग्मीको शरीर जलेको अवस्थामा छ । उनले लगाएको लुगा भने मोटरसाइकलकै छेउमा राखिएको छ । प्रहरीले हत्या भएको हुनसक्ने अनुमान गरेको छ ।

घरबाट मिटिङमा जानु छ भनेर भे ६ प ८२२४ नं को मोटरसाइकलमा निस्किएका ४२ वर्षीय रेग्मी प्राध्यापन पेसामा थिए । घरनजिकै उद्योगसमेत सञ्चालन गर्दै आएका निकै मिहेनेती युवा उनी बेपत्ता भएपछि धेरै किसिमका आशंका गरिएका थिए । सोमवार राती करिब १०ः३२ बजेदेखि मोबाइल स्वीचअफ भएको परिवार स्रोतले बताएको छ । उनी नेपालगञ्ज उपमहानगरपालिका बुद्धिजीवी परिषद्का नगर अध्यक्ष समेत हुन् । रेडियो नेपाल

Translate »