रूसी रेडियो स्टेशनहरू ह्याक, राष्ट्रपति पुटिनको नक्कली सन्देश बज्यो

मस्को ।  रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् ।  रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको  छ ।

ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । किभले यस्ता गतिविधिहरूले लामो-अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ ।

नक्कली सन्देश विभिन्न सामाजिक सञ्जालमा प्रसारित भएका थिए । रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त आवाजले ती क्षेत्रहरूमा मार्शल ल, सामान्य परिचालन र नागरिकहरूलाई आफू बसेको ठाउँ खाली गर्ने घोषणा गरेको छ ।

‘यो वास्तवमै ह्याक थियो,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले भने । बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश  नक्कली भएको बताएको छ जसको उद्देश्य शान्तिपूर्ण बेलगोरोडका बासिन्दाहरूमा त्रास छर्न केन्द्रित रहेको बुझिएको छ ।

एमआरआइ रेडियो स्टेशनले पनि यसलाई पूर्ण नक्कली र उत्तेजक भनेको छ जुन  करिब ४० मिनेटसम्म प्रसारित भएको थियो । अन्नपूर्ण पोष्ट/रासस

Translate »