कँडेल नेपाल उद्योग वाणिज्य परिषद सदस्यमा मनोनित

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल नेपाल उद्योग वाणिज्य परिषद सदस्यमा मनोनित भएका छन् ।

महासंघको विधानको दफा ३९.२.१ अनुसार उद्योग वाणिज्य संघ समूहबाट कँडेललाई परिषद सदस्यमा मनोनित गरिएको हो ।

महासंघका उपाध्यक्ष सूरकृष्ण बैघको सभापतित्वमा गठित परिषद्को सदस्यमा मनोनित गरिएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा जारी परिपत्रमा उल्लेख गरिएको छ ।

मनोनित सदस्य कँडेलबाट परिषदलाई क्रियाशील बनाउन थप सहयोग पुग्ने अपेक्षा महासंघ अध्यक्ष ढकालले व्यक्त गरेका छन् ।

 

Translate »