सुर्खेतमा काठमाडौं वर्ल्ड स्कूलको ‘नेपाल टुर कार्यक्रम’ हुँदै

सुर्खेत । शिक्षा क्षेत्रमा एउटा छुट्टै र विशिष्ट पहिचान बनाउन सफल काठमाडौं वल्र्ड स्कूलले ‘नेपाल टुर कार्यक्रम’ सुर्खेतको वीरेन्द्रनगरमा गर्न लागेको छ । स्कूलले आफ्ना उपलब्ध सेवा, सुविधाहरुको प्रवद्र्धन र प्रचारप्रसार यहीं जेठ २७ गते वीरेन्द्रनगरको सिद्धार्थ होटलमा अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, शिक्षक, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागितामा कर्णाली लक्षित शैक्षिक कार्यक्रम गर्न लागेको हो ।

‘अबको शिक्षा कस्तो हुनुपर्छ’ ? भन्ने विषयमा कार्यक्रम आयोजना गर्न लागिएको स्कूलका अध्यक्ष डाक्टर मिथिलेशकुमार झाले बताए । उनले स्कूलका प्रिन्सिपल केशरबहादुर खुलाल लगायतको उपस्थितिमा शिक्षाको विषयमा विज्ञहरुद्वारा प्रशिक्षात्मक प्रस्तुती राख्ने कार्यक्रम रहेको जानकारी दिए ।

उनका अनुसार काठमाडौंको विशिष्ट स्कूलका रुपमा स्थापित स्कूलले पछिल्ला दिनहरुमा बहुउपयोगी शिक्षाका लागि काठमाडौं बाहिर जानुपर्ने बाध्यतालाई धेरै हदसम्म हटाउन सफल भएको छ ।

सुर्खेतमा हुने कार्यक्रममा सहभागि भएर शिक्षा क्षेत्रको विकासको महत्व र लाभ लिन उनले सम्बान्धित पक्षसँग आग्रह गरेका छन् । स्कूलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको उनको भनाइ छ । स्कूलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको बताएको छ ।

पूर्वाधार र सुविधा सम्पन्न अत्याधुनिक स्कूलको कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्वसँगै क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाई रहेको स्कूलका प्रिन्सिपल केशरबहादुर खुलालले जानकारी दिए । उनले जेठ २६ गते दाङ र जेठ २८ गते सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा ‘नेपाल टुर कार्यक्रम’ तय भएको बताए ।

Translate »