भारतको ओडिसामा रेल दुर्घटना हुँदा २३८ जनाको मृत्यु, ९०० भन्दा धेरै घाइते

भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तीमा २३८ जनाको मृत्यु भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी ९०० जनाभन्दा धेरै यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

घटना शुक्रवार राति भएको थियो । घाइतेको उद्दारका लागि २०० भन्दा बढी एम्बुलेन्स परिचालन गरिएको छ । उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।

घटनाको अनुसन्धान गर्न एक समिति गठन गरिएको छ । समितिले काम शुरु गरिसकेको केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव जानकारी दिएका छन् ।

ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन् । रेलवेको खड़गपुर डिभिजनका डीआरएमका अनुसार रेल दुर्घटनापछि कम्तीमा १३ ओटा ट्रेन डाइभर्ट गरिएको छ । एजेन्सीको सहयोगमा

Translate »