नेपालबाट वर्षेनी १० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा

जेठ १८, काठमाडौं । भारतले नेपालबाट वर्षेनी १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेको छ । नेपाल र भारत दुई देशका प्रधानमन्त्रीको भेटपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वर्षमा १० हजार मेगावाट विद्युत किन्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच विभिन्न ७ ओटा सम्झौता पनि भएका छन् ।

नेपाल भारत पारवहन सम्झौता नवीकरण, सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापा सम्म पुर्‍याउने सम्झौता भएको छ ।

त्यस्तै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने, दोधारा चाँदनीमा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पीडीए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सम्झौता भएको छ । (आर्थिक अभियान)

Translate »