सुर्खेतसहित ५ वटा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

काठमाडौँ । सरकारले बुढानीलकण्ठ स्कुल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कुलको सञ्चालन मोडालिटी अवलम्वन गरी धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक/एकवटा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ ।

संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले यस्तो घोषणा गरेका हुन् ।

यस क्रममा शैक्षिक गुठीमार्फत धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एकरएकवटा नमूना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्व तयारीका कार्य अगाडि बढाइने अर्थमन्त्री महतले बताए ।

 

Translate »