कर्णाली करिडोर मिनि म्याराथनको उपाधि जुम्लाका अधिकारीलाई


 सुर्खेत । कर्णाली कोरिडोर ‘मिनि म्याराथन’ दौड प्रतियागिताको उपाधि जुम्लाका शेरबहादुर अधिकारीले जितेका छन् । गणतन्त्र दिवसको अवसर पारेर ‘कर्णाली मृत्युमार्ग होइन, स्वर्ग मार्ग बनाऊँ र जैविक विविधता संरक्षण तथा पर्यापर्यटनका लागि खेलकुद’ भन्ने मुल नाराका साथ पहिलो पटक आयोजना गरिएको हुम्लााको सल्लिसल्लादेखि सर्केगाडसम्म ९ किलोमिटरको दुरी जुम्लाका अधिकारीले ३७ मिनेट ४८ सेकेण्डमा पुरा गरेर प्रथम स्थान हासिल गरेका हुन् ।

कडा प्रतिस्पर्धा रहेको म्याराथन दौड प्रतियोगितामा जुम्लाकै प्रकाश कठायतले ३७ मिनेट ४९ सेकेण्ड लगाएर द्वितीय स्थान प्राप्त गरेका छन् । हुम्लाका सर्जन रावलले ३९ मिनेट ५५ सेकेण्ड लगाएर तृतीय स्थान प्राप्त गरेका हुन् । प्रतियोगितामा प्रथम स्थान हासिल गरेका अधिकारीलाई २४ हजार नगदसहित प्रमाणपत्र र मेडल द्वितीय स्थानमा रहेका कठायतलाई १५ हजार र तृतीय स्थानका रावतलाई ५ हजार नगद, प्रमाणपत्र र मेडलबाट पुरस्कृत गरिएको प्रतियोगिता आयोजक रोयल गैरीसायाँ युवा क्लवका सचिव कविन्द शाहीले जनाकारी दिए ।

उनले कर्णाली कोरिडोरलाई गुणस्तरीय बनाउन सरोकारवाला निकायको ध्यान केन्द्रित गर्नका लागि समेत पहिलो पटक ‘कर्णाली करिडोर ‘मिनि म्याराथन दौड प्रतियोगिता २०८०’ आयोजना गरिएको बताए । उनका अनुसार २१ जनाको सहभागिता रहेको मिनि म्याराथन दौड (रोड रेस) प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश खेलकुद परिसद्का सदस्य सचिव विश्वमित्र सन्ज्यालले गरेका थिए ।

Translate »