नदीमा डुबेर दुई जना युवतीको मृत्यु

नेपालगञ्ज । बाँकेमा राप्ती नदीमा डुबेर दुई जना युवतीको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती नदीको सिधानियाघाटमा वनभोज खान गएका कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Translate »