सुर्खेतमा क्यान्सरका बिरामी बढ्दै

सुर्खेत ।  सुर्खेतमा क्यान्सरका बिरामी बढिरहेका छन् । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले चालु आर्थिक वर्ष २०७९÷८० मा हालसम्म जिल्लामा दुई सय ३८ जना क्यान्सरका बिरामी फेला परेको जनाएको छ । कार्यालयका अनुुसार जिल्लाका ९ वटै स्थानीय तहमा क्यान्सरका बिरामी भेटिएका छन् । यो वर्ष वीरेन्द्रनगर नगरपालिकाबाट क्यान्सरका ३६ जना बिरामीले सहुलियतका लागि सिफारिस लिएका छन् ।

यस्तै लेकबेसी नगरपालिकाबाट ३० जना क्यान्सरका बिरामीले उपचारका लागि सिफारिस लिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए । उपचारमा सहुलियत पाउन थालेपछि क्यान्सरका बिरामीहरु खुल्न थालेको कर्णाली प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. केएन पौडेलले बताए । उनका अनुसार उपचारका लागि स्वास्थ्य संस्था पुग्नेको संख्या पनि वृद्धि भएको छ ।

उनले परीक्षण गरिएकोमा दैनिक रुपमा ३÷४ जना क्यान्सरका बिरामी भेटिने गरेको जनाए । उनका अनुसार उपचारका लागि अस्पतालमा आएका झन्डै ३० प्रतिशत महिलाहरुमा क्यान्सरको समस्या देखिने गरेको छ । २० प्रतिशत पुरुषमा समेत समस्या देखिने गरेको उनले बताए । प

छिल्लो केही बर्षको तथ्यांकलाई हेर्दा क्यान्सर भएर वा शंका लागेर अस्पतालमा आएर जाँच गराउने बिरामीको संख्या बढ्दै गएको देखिन्छ । सचेतना बढ्दा बिरामीहरु ओपीडीमा थपिएका छन् । धुम्रपान तथा मध्यपान क्यान्सरको प्रमुख कारण रहेको पाईएको छ । स्वास्थ्य र सकारात्मक जीवनशैली अपनाए झण्डै आधा जनसंख्यालाई क्यान्सर रोग लाग्नबाट बचाउन सकिने चिकित्सकले बताएका छन् ।

Translate »