सरकारको नेतृत्व गर्न पछि हट्दैनौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नेतृत्व गर्न पछि नहट्ने बताएका छन् । उनले सय दिनमात्रै पनि सरकारको नेतृत्व गर्न पाए व्यापक सुधार गरेर देखाउने दाबी गरे ।

उनले पार्टीले सरकारको समर्थन फिर्ता लिएर प्रतिपक्षीमा बस्ने निर्णय गरेकाले रचनात्मक भूमिका निर्वाह गर्ने बताए । तर सरकारको नेतृत्व गर्ने अवसरमा पाए त्यसलाई सदुपयोग गर्ने बताए ।

‘सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैनौं । तर खेलले कस्तो भूमिका खेल्छ भन्ने पनि छ । हामी बेन्चमार्कभित्र रहेर निर्णय गर्छौं,’ उनले भने, ‘देशमा अस्थिरता ल्याउनु हुँदैन भन्ने हाम्रो मान्यता हो । स्थिरताका लागि प्रधानमन्त्री बन्न परे पछि हट्दैनौं ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साविककै मन्त्रालय दिने प्रस्ताव गरेको स्वीकारे । उहाँ (प्रचण्ड) हरूलाई सरकारमा आइदिए हुन्थ्यो भन्ने थियो । साविककै मन्त्रालय दिन पनि उहाँहरु तयार हुनुहुन्थ्यो । तर न्यूनतम साझा कार्यक्रममा अघिल्लो सरकारले ल्याएका कुराहरू समेटिएन । त्यहाँ जनताका लागि गर्ने धेरै कुरा थिए,’ उनले भने ।

उनले प्रदेश संरचना नेता व्यवस्थापन गर्ने ठाउँजस्तो भएको बताए । प्रदेश संरचनाले देश कतै नपुग्ने उनको भनाइ थियो ।

ुप्रदेश संरचनाले कहीँ पुगिदैन । प्रदेश नेता व्यवस्थापन गर्ने ठाउँ बन्न पुगेको छ,,’ उनले भने, ‘हामीले संघीयता खारेजभन्दा पनि यस विषयमा बहस सिर्जना गर्न खोजेका छौं । हामीले सुनिरहेका छौं । सरकार बनेको छ । ढलेको छ । सपथ लिने । विश्वासको मत लिने प्रक्रिया चलिरहेको छ । के बनाइएको हो यस्तो ?’ अन्नपूर्ण पोष्ट

Translate »