उपप्रधानमन्त्री खड्का र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख पुनबीचको वार्ता सकारात्मक
काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं वैज्ञानिक महावीर पुन भेटवार्ता भएको छ ।
विभिन्न मागसहित आन्दोलनमा उत्रिएका पुन र मन्त्री खड्काबीच आज मन्त्रालयमा भेट भएको हो ।
भेटमा पुनले राख्दै आएका माग सम्बोधनका विषयमा छलफल भएको थियो । वार्तापछि कुरा गर्दै पुनले समस्या समाधानका भएको वार्ता सकारात्मक भएको भएको र समस्या समाधानका लागि टोली गठन गर्ने विषयमा सहमति भएको जानकारी दिए ।
‘माग सम्बोधनका विषयमा वार्ता सकारात्मक रह्यो’, पुनले भने, ‘उपप्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्ने विषयमा सुझाव समेत मागेका छन् छन् ।’
पुनले माग सम्बोधनका विषयमा छलफल गर्न आज बेलुका ५ बजेसम्म दुवै पक्षबाट वार्ता टोली गठन भोलि सम्ममा आन्दोलनका माग पूरा गर्ने विषयमा काम गर्ने विषयमा सहमति भएको बताए । ‘वार्ताका क्रममा पनि प्रधानमन्त्रीले दुई पटक फोन गरे, अहिलेसम्म वार्ता सकारात्मक भएको छ’, उनले भने । (रेडियो नेपाल)