रुसले युरोपमा तेलको आपूर्ती कटौती गर्ने : एसियामा बढाउने तयारी

काठमाडौं । रुसले युरोपेली मुलुकहरुमा गर्दै आएको कच्चा तेलको आपूर्ति कटौती गर्ने भएको छ । युक्रेन युद्धमा साथ नदिएको भन्दै रुसले पश्चिमामा मुलुकमा तेलको आपूर्ति घटाएर एसियाली मुलुकहरुमा आपूर्ति गर्ने योजना बनाएको छ ।

पछिल्लो समय रुसको सम्बन्ध एसियाका ठूला मुलुक चीन र भारतसँग नजिकिएकाले पनि आपूर्तिलाई प्रभावित पारेको विश्लेषकहरुले बताएका छन् । रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले सो जानकारी दिएका हुन् ।

रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन कच्चा तेल र तेल उत्पादन र युरोपमा १८ करोड टन निर्यात गरेको नोभाकले ऊर्जा सम्बन्धित कार्यक्रममा पत्रकारहरूलाई बताए ।

यो वर्ष १४ करोड टन तेल र तेल उत्पादन पूर्वतर्फ पठाउने योजना रहेको उनको भनाइ छ । यस अघि भइरहेको तेलको आपूर्तिलाई घटाएर करिब ८०–९० मिलियन टन मात्रै पश्चिमतर्फ पठाइनेछ । एजेन्सी/रासस

Translate »