सुर्खेतमा यूरोपियन फिल्म फेस्टिभल हुँदै

काठमाडौं । सुर्खेतमा ‘नेपाल यूरोपियन फिल्म फेस्टिभल’ हुने भएको छ । नेपाल युरोपियन फिल्म फेस्टिभल २०२३’ को १२ औं संस्करण अन्तर्गत सुर्खेतमा पनि आयोजना गर्न लागिएको नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । फेस्टिभलको दोस्रो चरणमा सुर्खेतमा यहीं वैशाख २० देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालयमा आयोजना गर्न लागिएको छ ।

तीन चरणमा नेपालका तीन सहरमा आयोजना हुन लागेको ‘नेपाल यूरोपियन फिल्म फेस्टिभल’ को पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा वैशाख १५ देखि १७ गतेसम्म हुनेछ । तेस्रो अर्थात अन्तिम चरण वैशाख २९ देखि जेठ १ गतेसम्म चलचित्र विकास बोर्डको हल काठमाडौंमा हुनेछ । मानवअधिकारको नारा लिएर सुरु हुने यो महोत्सवमा युरोपका ८ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघु फिल्महरु समेत प्रदर्शन गरिने छन् । महोत्सवमा ‘मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका’ र ‘चलचित्रलाई कसरी बुझ्ने’ भन्ने शीर्षकमा अन्तरक्रियात्मक छलफल समेत हुनेछ ।

‘एनी डे नाउ’ शीर्षकको फिल्म देखाउँदै तीनवटै सहरमा महोत्सव सुरु हुँदैछ । महोत्सवमा प्रदर्शन हुने अन्य फिल्महरुमा अरस टी रिहानीले निर्देशन गरेका अस्कर एण्ड लीली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेका रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेका इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेका इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनसको निर्देशन गरेका इनभिजिवल (लिथुअनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेनले निर्देशन गरेका डेटिङ्ग अम्बर (आयरल्यान्ड, यूके) र डेभिड फ्रेनले निर्देशन गरेका मित्र (नेदरल्यान्ड) रहेका छन् ।

महोत्सवमा टोनी ह्यागेन फाउन्डेशनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्महरु अंकित खड्गीको निर्देशनमा बनेको ‘आई वान्टेड टु बी लाइक माधुरी दीक्षित’, विशाल रोक्का मगरको ‘गोर्खा गर्ल’, ग्रिष्म गिरीको ‘ब्लुज अफ पिंक’, मिङ्सो लिम्बूको ‘जुन्को’, सुनिल पाण्डेको ‘बागथान’, पुनम पौडेलको ‘लिभिङ्ग विथ डिग्नीटी’, दीपक रौनियारको ‘फोर नाइटस’ र दीपा श्रेष्ठको ‘ड्रिफ्टिङ क्लाउडस’ रहेका छन् । ई–कान्तिपुर

Translate »