नेराकस कर्णाली प्रदेशको अध्यक्षमा गिरी

सुर्खेत । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन कर्णाली प्रदेशको अध्यक्षमा देवेश्वर गिरी निर्वाचित भएका छन् । कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका निजामती कर्मचारीको वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेश स्तरीय दोस्रो अधिवेशनले गिरीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।

शनिबार सम्पन्न सङ्गठनको दोस्रो अधिवेशनले गिरीको अध्यक्षतामा ३ जना सदस्य पछि थप्ने गरी ३३ सदस्सीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा जमानसिंह परियार, मुकुन्द शर्मा, ललिता बोगटी, लोक बहादुर विष्ट, शिवराम केसी, सचिव रमेश खड्का, सह सचिव गोपाल बुढा, हंस महतरा र कोषाध्यक्ष पुनम विक तथा सदस्यहरु रहेका छन् ।

Translate »