नेपालको कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

चैत १०, काठमाडौं । नेपालको जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको केन्द्रिय तथ्याकं विभागले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार काठमाडौंमा आयोजित‘राष्ट्रिय जनगणना २०७८’ नतिजा सार्वजनिक कार्यक्रमुमा नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरेका हुन् ।

नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला रहेको जनगणनाबाट देखिएको छ ।

Translate »