तोलामा २ हजारले घट्यो सुनको मूल्य

चैत ८, काठमाडौं । बुधवार (आज) सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ७ हजार ८०० रुपैयाँ तोकिएको छ । गत मंगलवार सुन १ लाख ९ हजार ८०० रुपैयाँमा खरीदविक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११ः३४ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९३९ दशमलव ९४ डलर पुगेको छ । अघिल्लो दिन बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९४२ दशमलव ९२ डलर पुगेको थियो ।

त्यसैगरी आज डलरको मूल्य पनि बढेको छ । आज १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ५६ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ५२ पैसा थियो ।

Translate »