सुर्खेतमा घाँटी रेटिएको अवस्थामा एक युवाको शव फेला

फागुन ३०, सुर्खेत । सुर्खेतमा एक जना युवाको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदीमा पहिचान खुल्न नसकेका युवकको शव घाँटी रेटिएको अवस्थामा फेला परेको हो ।

घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले घाटीमा गहिरो चोट लागेको अवस्थामा युवाको शव फेला परेको जानकारी दिए । उनका अनुसार शव पहिचान गर्ने कार्य र घटना अनुसन्धानमा प्रहरी लागिरहेको छ ।

Translate »