चुइँगम पड्काउने क्यारेक्टरमा फिल्म गर्दिनँ : मोडल अञ्जली अधिकारी

काठमाडौं । चार वर्षअघि रिलिज भएको प्रकाश सपुतको गीत ‘बोल माया’ले मोडल अञ्जली अधिकारीलाई एकाएक चर्चामा ल्यायो । अन्य केही हिट म्युजिक भिडियोमा पनि उनले काम गरेकी छन् । यतिबेला उनलाई फिल्म खेल्नको लागि अफरहरु आइरहेका छन् । तर फिल्ममा साइन गरेकी छैनन् ।

हालैको एक कुराकानीमा उनले आफूलाई चार- पाँचवटा फिल्मबाट अफर आइरहेको र पात्रबारे चित्त नबुझेको बताइन् । शंकर बीसीदेखि गोपीकृष्ण मुभिजले समेत आफूलाई अफर गरेको उनले खुलाएकी छिन् । तर कुनै प्रस्ताव पनि उनलाई चित्त बुझेन । किन त रु अञ्जलीको तर्क छ, ‘मलाई बरु चप्पल पड्काएर हिंड्ने क्यारेक्टर होस् तर चुइँगम पड्काएर हिंड्ने क्यारेक्टर नहोस् भन्ने लाग्छ ।’तर आफूलाई आएका प्रस्तावहरु चुइँगम पड्काउने टाइपका भएको उनको तर्क छ । ‘मलाई न्याचुरल चीज मन पर्छ । फिल्ममा कहानी नै भएपनि, मलाई सुहाउने होस् । रमाइलो, डान्स, स्याड र कमेडी जस्तो भएपनि हुन्छ तर छोटो-छोटो कपडा लगाएर चुइँगम पड्काउने चाहिं नहोस् क्या ।’

उनी अगाडि भन्छिन्, ‘त्यही भएर मैले चप्पल पड्काउने क्यारेक्टर खोजिराखेकी हुँ । त्यस्तो खालको क्यारेक्टर आइसकेको छैन । बाहिर सुट हुने मोर्डन टाइपको आएका छन् । एक्टर भइसकेपछि सबैखाले रोल गर्नुपर्छ तर मैले खोजेको त्यस्तो हो ।’ अहिलेसम्म आफूले ६०० जति म्युजिक भिडियो गरेको उनले बताएकी छन् । अनलाइन खबर

Translate »