लाईका खबर डटकमका पत्रकार थापामाथि सुर्खेतमा सांघातिक हमला

फागुन १, सुर्खेत । समाचार संकलन गरिरहेका बेला लाईका खबर डटकमका निर्देशक पत्रकार बलबहादुर थापामाथि सांघातिक हमला भएको छ । आज सुर्खेतको वीरेन्द्रनगर बसपार्क अगाडी बसको ठक्करबाट महिलाको मृत्यु भएपछि उचित क्षतिपूर्ती तथा सवारी चालकलाई कार्वाहीको माग राख्दै आन्दोलनमा उत्रेका पीडित पक्ष र बस यातायात व्यवसायी प्रालिका कर्मचारी वीच भईरहेको झडपको समाचार संकलन गरिरहेका बेला पत्रकार थापामाथि सांघातिक हमला भएको हो ।

भिडियो नखिंच्न मनाही गरिरहेका बस यातायात व्यवसायी प्रालिका कर्मचारीले थापामाथि नियोजित तरिकाले वियरका बोतल र बेल्चाले टाउँको र पीट्यूमा हमला गरेका छन् । यातायात प्रालिका कर्मचारीको आक्रमणबाट घाइते थापाको टाउँकोमा ५ वटा टाँका र पिट्यूमा गम्भिर चोट पुगेको छ । उनको अहिले स्थानीय माया नर्सिङ्ग होममा उपचार भईरहेको प्रेस चौतारी नेपाल सुर्खेतका अध्यक्ष गोविन्द खत्रीले जानकारी दिए । उनले पत्रकार थापामाथि भएको सांघातिक आक्रमणप्रति घोर भर्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कार्वाही गर्न प्रशासनसँग माग राखें । आक्रमणकारीले हमला गरिरहेका बेला प्रहरी प्रशासन भने मुर्दशक बनेर हेरिरहेको पीडितको आरोप छ ।

Translate »