भारतीय कार्ड बनाएर नेपाल छिर्न लागेका चार जना बंगलादेशी पक्राउ

माघ २१, झापा । भारतीय नक्कली आधार कार्ड देखाएर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका चार बंगलादेशी नागरिक शुक्रबार नेपाल–भारत सीमाको पानीट्यांकी नाकाबाट पक्राउ गरेका छन् । भारतीय नागरिक बनेर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका उनीहरुलाई सिमानामा तैनाथ भारतीय अर्ध सैनिक बल (एसएसबी) को ४१ औं बटालीयनको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोहम्मद शोहाग मिया, कामरूल हुसेन, मोहम्मद मानिर हुसेन र सोफी उल आलम छन् । एसएसबीले बंगलादेशीलाई अवैध रुपमा नेपाल प्रवेश गराउन सहयोग गर्ने भारतको जलपाइगुडीका मोहम्मद हुसेन र कोच बिहारका मोहम्मद सिपानलाई समेत पक्राउ गरिएको एसएसबी श्रोतले जनाएको छ ।

अभियुक्तहरुलाई खोरीबारी प्रहरीले सिलिगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाइएको छ । इकान्तिपुर

Translate »