सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

स्काई न्यूज/ माघ ८, सुर्खेत । सुर्खेतको छिन्चुदेखि सदरमुकाम वीरेन्द्रनगरतर्फ आउँदै गर्दा गएराती रत्नराजमार्गको झुप्राखोला नजिक बा.प्र. ०१०२६ च ९२१३ नम्बरको हाइलेक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडीका चालक दैलेख डुङ्गेश्वर गाउँपालिका–७, का २७ वर्षीय सागर शाही र डुङ्गेश्वर गाउँपालिका–७ कै ३३ वर्षीय दिपेन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका–५, का ३१ वर्षीय बविन शाही, दैलेख गराँस गाउँपालिका–३, का ३६ वर्षीय राजेन्द्र विसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा घाइते दैलेखको भैरवी गाउँपालिका– ५, का २६ वर्षीय वीरेन्द्रराज शाहीको प्रदेश अस्पताल कालागाउँमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) सुरज कार्कीले जानकारी दिए । उनका अनुसार गएराती करिब २ः३० बजेको समयमा गाडी अनियन्त्रित भई सडकदेखि ८० मिटर तल खसकेको थियो । प्रहरीले घाइतेहरुको उद्दार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको र उपचारका क्रममा चार जनाको मृत्यु भएको डाक्टरले पुष्टि गरेको उनको भनाइ छ ।

Translate »