ब्राउन सुगर मुद्दाका फरार ढोडेखालीबाट पक्राउ

 

स्काई न्यूज / माघ ७, सुर्खेत । सुर्खेत प्रहरीले ब्राउन सुगर मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालतबाट एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएका बीरेन्द्रनगर नगरपालिका– १, ढोडेखाली बस्ने २८ वर्षीय कमल गिरीलाई आज बिहान ९ः ५० बजेको समयमा गिरीको घरबाट जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सम्मानित सुर्खेत जिल्ला अदालत समक्ष पेश गर्नको लागीे हिरासतमा राखिएको जनाएको छ ।

Translate »