आज विमान दुर्घटनाको शोकमा बिदा

माघ २, काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ ।

विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९-एन-एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । विमानमा चालक दलसहित ७२ जना थिए ।

घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरेको छ । दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।

 

Translate »