पञ्चपुरीका वडासदस्य तारामीद्वारा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण

स्काई न्यूज /पुस ३०, सुर्खेत । भनिन्छ नि ! राम्रो काम गर्न कुनै आइतबार कुर्नु पर्दैन् । सेवाभावले काम गर्ने ईच्छाशक्ति भएका व्यक्तिलाई न त कुनै ठूलै पद, प्रतिष्ठा नै चाहिन्छ, न त धेरै धन नै । चाहिंन्छ, त सिर्फ ‘चोखो मन’ । हो, यस्तै चोखो मनका धनी हुन, पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–६, का वडा सदस्य कर्णबहादुर तारामी । उनले वडा सदस्य भए वापत नगरपालिकाबाट पाएको विभिन्न सेवा सुविधाको सबै रकमबाट गाउँका गरिब विपन्न, जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।

वडा कार्यालय र विद्यालयको समन्वयमा तारामीले गाउँपालिकाबाट पाएको तीन महिनाको सेवा सुविधा वापतको २५ हजार रुपैयाँको न्यानो कपडा विहीबार ती जेहेन्दार विपन्न विद्यार्थीलाई वितरण गरेका हुन् । उनले आउँदा दिनहरुमा समेत गरिब, विपन्न, असाहय नागरिकको सेवाभावमा आफु सदा लागिरहने प्रण व्यक्त गरे । सबै प्रकारका नागरिकको सेवामा सधै तल्लिन रहने वडा सदस्य तारामी गाउँघरमा सर्वाधिक रोजाईका व्यक्ति भएको स्थानीय समाजसेवी भिमबहादुर रावतले जानकारी दिए ।

Translate »