बाँकेमा दादुरा संक्रमित सङ्ख्या १६० पुग्यो

पुस ३०, नेपालगञ्ज । बाँकेमा दादुरा संक्रमित बालबालिकाको सङ्ख्या १६० पुगेको छ । गत पुस दोस्रो सातादेखि बाँकेमा फैलिएको दादुरा संक्रमण पछिल्लो समय कोहलपुरसम्म पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । एकै दिनमा थप २६ जना दादुरा संक्रमित बालबालिका भेटिएका छन् ।

हाल भेटिएका संक्रमित मध्ये नेपालगञ्जका १५६ जना, खजुराका ३ र कोहलपुरमा १ जना बालबालिका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म संक्रमित भएका मध्ये ११० जना सङ्क्रमणमुक्त भइसकेका, ५० जना संक्रमित बालबालिका होम आइसोलेसनमा रहेको र एक जना बालकको मृत्यु भएको छ ।

पुस १२ गतेदेखि फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न हाल महामारी लक्षित खोप कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाइएको छ ।

समुदायस्तरमा दादुरा फैलिएपछि पुस २२ गतेदेखि सुरु भएको खोप अभियानमा हालसम्म १२८४५ जनाले दादुरा / रुबेला विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । रेडियो नेपाल

Translate »