सुर्खेतमा भरुवा बन्दुकसहित एक जना पक्राउ

स्काई न्यूज /पुस २९, सुर्खेत । सुर्खेत प्रहरीले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२, सिस्नेकाँडाका २२ वर्षीय गगन थापालाई अबैध भरुवा बन्दुक बोकेर हिडिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

सालकोट प्रहरी चौकीले भरुवा बन्दुकसहित थापालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पु¥याएको हो । बन्दुकसहित नियन्त्रणमा रहेका थापामाथि कार्वाहीका लागि अहिले अनुसन्धान प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) सूरज कार्कीले जानकारी दिए ।

Translate »