‘विकासका लागि सामाजिक रुपान्तरण आवश्यक’

स्काई न्यूज /पुस २९, सुर्खेत । सुर्खेत स्थित शिक्षा सरोकारवालाले संस्कार, संस्कृतिमा आधारित विकासका लागि समावेशीकरण तथा सामाजिक रुपान्तरण आवश्यक रहेको बताएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत यूनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘रुपान्ततरणका निमित्त सिक्नका लागि सिकौं’ नागरिक सहभागिता सम्बन्धि कार्यक्रमका सहभागिहरुले ज्ञान, सीपलाई पुस्तान्तरण गर्दै बहुआयामिक तथा एकीकृत विकास प्रणालीको प्रवद्र्धनमा जुट्न आवश्यक रहेको औल्याएका हुन् ।

कार्यक्रममा सुर्खेतका नागरिक अगुवा पीताम्वर ढकालले नयाँ र पुराना पुस्तावीच सहयोग, सहकार्य, आपसी सद्भाव, आदर सम्मानमा अभिबृद्धि गरि अनुभव आदान–प्रदान गर्न आवश्यक रहेको जनाए । शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतका प्रमुख भोजप्रसाद लम्सालले किशोरकिशोरीको समग्र विकासका लागि सुरक्षित वातावरण, शिक्षा, सीप, जीविकोपार्जन तथा आर्थिक सशक्तीकरणमा जोड दिए ।

उनले किशोरकिशोरीको अधिकार संरक्षणमा नागरिक सहभागिता, लंैङ्गिक समता, सामाजिक समावेशीकरण जस्ता विषयलाई भुल्न नहुने जिकिर गरे । वीरेन्द्रनगर नगरपालिका ८ नम्वर वडाध्यक्ष टिकाराम शर्माले नयाँ पुस्ता र पुराना पुस्तावीच सिकाइ, ज्ञान, कला, प्रविधिको हस्तान्तरण गर्ने संस्कारको विकास आवश्यक रहेको बताए ।

नेपाल राष्ट्रिय आयोगको सचिवालयका सचिव हरि खनालले किशोरकिशोरीको अधिकार र विकाससँग सम्बन्धित सवालहरुलाई आफ्ना नीति, योजना तथा कार्यक्रमहरूमा एकीकृत रुपमा समायोजन गर्दै विकास प्रक्रियाको मूलप्रवाहमा समाहित गर्ने पहल गरिरहेको जानकारी दिए । उनले किशोरावस्थामा आउने विभिन्न शारीरिक, मानसिक, बौद्धिक र सामाजिक परिवर्तनहरुलाई बुझ्न नसक्दा विभिन्न जोखिमपूर्ण संवेदनशील परिस्थितिको सामना गर्नुपर्ने बाध्यता तर्फ अभिभावकलाई सचेत हुन आग्रह गरे ।

उनका अनुसार अहिलेपनि समाजमा विद्यमान गलत धारणा, परम्परा, मूल्यमान्यता र सोचाइले किशोरकिशोरीको समग्र विकासमा असर पु¥याई रहेको पाइन्छ । कार्यक्रममा जिल्लास्थित शिक्षा सरोकारवाला, विद्यालयका शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, नागरिक समाज तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Translate »