लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरी नियुक्त

पुस २७, रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि, लुम्बिनी प्रदेशमा सरकारको नेतृत्वका लागि सत्तारुढ गठबन्धन दलको समर्थनमा नेता गिरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

गिरीलाई एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समाजवादी पार्टीका तीन, स्वतन्त्र दुई, जनमत पार्टीका तीन र लोकतान्त्रिक समाजवादी पार्टीका तीन गरी ५८ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

Translate »