सुर्खेतमा प्रर्दशनी मेला आयोजना गरिँदै

स्काई न्यूज /पुस २६, सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा नविनतम् प्रविधि प्रर्दशनी मेला आयोजना गर्न लागिएको छ । कर्णाली प्रदेशका लघु घरेलु तथा साना उद्योगको बजार प्रवद्र्धन एवं रोजगारी सृजना गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले आउँदो माघ १३ गतेदेखि २१ गते सम्म प्रर्दशनी मेला आयोजना गर्न लागेको हो ।

मेलामा प्रदेशका महिला उद्यमीहरुले उत्पादन गरेको वस्तु तथा सामाग्रीहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि मञ्च तयार गर्न मुख्य उद्देश्य रहेको प्रदेशनी मेला आयोजक समितिका संयोजक चन्द्रबहादुर विसीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका हुन् । उनले साढे ३ स्टलहरु मार्फत लघु घरेलु तथा साना उद्यमीहरुले तयार गरेका गलैंचा, राडीपाखी, पश्मिनाका वस्तुहरु, ऊनी, लिउ, फेरुवा, अल्लो तथा गाँजाबाट बनेका कपडाहरु, ढाका, पोते, काठ, ढुङ्गा, धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु, बास र बेतबाँसबाट तयार गरिएका वस्तुहरुको प्रर्दशनी मुख्य आकर्षण रहने जानकारी दिए ।

उनका अनुसार ५ पाँच लाख दर्शकबाट अवलोकन गरिने मेला तथा प्रर्दशनीबाट करिब ४ करोड रुपैयाँको कारोवार हुने अपेक्षा राखिएको छ । मेलामा राष्ट्रिय तथा स्थानीय कला संस्कृतिको प्रर्दशनसँगै पहिलो पटक हिटर व्यालुन उडाउने कार्यक्रम राखिएका छन् ।

Translate »