१४ प्रतिशतले सुन्तला उत्पादन बढ्यो

पुस २३, जाजरकोट । जाजरकोटमा १४ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ जाजरकोटका अनुसार जाजरकोटमा गत वर्ष भन्दा १४ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

गत बर्ष ५ सय ४५ हेक्टर क्षेत्रफलमा ५ हजार १ म्याट्रिक टन बराबर सुन्तला उत्पादन भएको जाजरकोटमा यस वर्ष भने ६ सय ५ हेक्टर क्षेत्रफलमा सुन्तलाको उत्पादन १४ प्रतिशतले बढेर ६ हजार ९५ म्याट्रिक टन भएको छ । यो जिल्लाकै अहिलेसम्मकै बढी उत्पादन भएको परियोजना इकाइ कार्यालय जाजरकोटका प्रमुख दीपेन्द्र पोख्रेलले बताए ।

प्रमुख पोख्रेलका अनुसार यस वर्ष सुन्तलाको लागि चाहिने अनुकूल वातावरण भएको कारण सुन्तलाको उत्पादनमा वृद्धि भएको र दशैको बेला परेको पानीले सुन्तलालाई निकै फाइदा पु¥याएको छ भने क्षेत्रफल बढेको कारण पनि यसको उत्पादनमा वृद्धि भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ जाजरकोटका अनुसार यस वर्ष करिब ३० करोड बराबरको सुन्तला उत्पादन भएकोमा १९ करोड ५० लाख बराबर अर्थात् ३९ सय म्याट्रिक टन बिक्रीयोग्य थियो । जसमध्य अहिलेसम्म १७ करोड बराबरको बिक्री भइसकेको छ ।

जिल्लाको भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे र जुनिचाँदे गाउँपालिकामा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ ।

Translate »