सुर्खेतमा गरिएको छड्के अनुगमनमा ९ जना कर्मचारी भेटिएनन्

स्काई न्यूज/ पुस २०, सुर्खेत । जिल्ला अनुगमन तथा मूल्यांकन समितिले गरेको छड्के अनुगमनका क्रममा वीरेन्द्रनगर नगरपालिकाका ९ जना कर्मचारी अनुपस्थित  रहेको पाईएको छ । सेवाग्राहीले कार्यालय समयमा कर्मचारी नआउने गरेको, सेवा प्रवाहमा ढिलासुस्ती गर्दा अनावश्यक हैरानी र सास्ती खेप्नु परेका गुनासाहरु आउन थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतको नेतृत्वमा जिल्ला अनुगमन तथा मूल्यांकन समितिले बुधबार गरेको छड्के अनुगमनका क्रममा ९ जना कर्मचारी अनुपस्थित रहेको पाईएको हो ।

ती अनुपस्थित हुने अधिकांस कर्मचारीले विभिन्न बहाना बनाएर कार्यालय समयभित्र उपस्थित नहुँदा सेवाग्राहीले लामो सयमदेखि हैरानी र सास्ती खेप्दै आईरहेका छन् । अनुगमनका क्रममा वीरेन्द्रनगर नगरपालिका र यातायात व्यवस्था कार्यालयका करिब डेढ दर्जन कर्मचारीले सरकारी डे«स र आईडी कार्ड विनै कार्यकक्षमा भेटिएका थिए । वीरेन्द्रनगर नगरपालिका र यातायात व्यवस्था कार्यालयको अनुगमनका क्रममा कर्मचारीहरुले सरकारी डे«स र आईडी कार्ड नलाउँदा सेवा प्रदायक र सेवाग्राही छुट्टाउनै अनुगमन टोलीलाई असहज भएको थियो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नागरिकसँग प्रत्यक्ष सम्बन्ध जोडिएका बढी भिडभाड हुने यातायात व्यवस्था कार्यालय र स्थानीय तह जस्ता कार्यालयका कर्मचारी कार्यालय समयमा नआउँदा सेवाग्राहीले अनाहकमा सास्ती भोग्नु परिरहेकाले अनुगमनलाई थप निरन्तरता दिईने बताए । उनले कार्यालय समयमा अनुपस्थित रहेका कर्मचारीलाई स्पष्टीकरण सोधेर विदा नलिएकालाई गयल कट्टी बनाएर कानून अनुसार कार्वाही गरिने जनाए ।

उनका अनुसार पहिलो चरणमा कर्मचारी आचारण विपरित कार्यरत कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुख मार्फत नै भविष्यमा फेरी गल्ती नदो¥याउने शर्तमा चेतवनी तथा नसिहत दिइनेछ । यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले अनुपस्थित तथा सरकारी डे«स र आईडी कार्ड नलगाउने कर्मचारीलाई नियमअनुसार कार्वाहीको दायरामा ल्याईने जनाए ।


उता यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाईले कार्यालयलाई तत्काल चाहिने कम्तिमा २६ जना कर्मचारी मध्ये हाल रहेको १५ जनाको दरबन्दी मध्ये ८ जना रिक्त हुँदा अधिकांस करार एवं ज्यालादारीका कर्मचारीबाट सेवा प्रवाह गरिरहनु परेको बताए । उनले प्रशिक्षण तथा तालिम विनाका दरबन्दीका कर्मचारीलाई आधुनिक प्रविधिको ज्ञान नहुँदा अनलाईन प्रणालीबाट सेवा प्रवाह गर्न समेत सकस भईरहेको जनाए ।

यद्यपि ! आफुखुशी गयल कट्टी हुने कर्मचारीको गयल बराबरको सेवाअवधि कम हुने कानूनी व्यवस्था रहेको छ । बढी भिडभाड हुने सरकारी कार्यालयहरुमा छड्के अनुगमन कार्यलाई निरन्तरता दिएर सेवाग्राहीले सेवा लिनका लागि अनाहकमा पाउने हैरानी र सास्तीको अन्त्य गर्न नागरिक समाजका अगुवा पिताम्वर ढकालको माग छ ।

छड्के अनुगमन टोलीले सेवाग्राहीलाई दिने सेवामा कुनै पनि कन्जुसाई नगर्न वीरेन्द्रनगर नगरपालिका र यातायात व्यवस्था कार्यालय प्रमखलाई सुझाव दिएको छ । अनुगमनमा प्रमुख जिल्ला अधिकारी रिजाल, सहायक प्रमुख जिल्लाअधिकारी खगेन्द्रबहादुर मल्ल, सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रसिंह थापा, प्रशासकीय अधिकृत पदमलाल लामिछाने, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, नागरिक अगुवा पिताम्वर ढकाल, राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी र पत्रकारलगायतको सहभागिता रहेको थियो ।

Translate »