सेनाको हेलिकप्टर दुर्घटना हुनबाट जोगियो

स्काई न्यूज/ पुस २०, सुर्खेत । दार्जुलादेखि धनगढीका लागि उडेको नेपाली सेनाको हेलिकप्टर दुर्घटना हुनबाट जोगिएको छ । हेलिकप्टरमा सामान्य प्राविधिक समस्यासँगै मौसम प्रतिकुल हुँदा आज सुर्खेतको बराहताल गाउँपालिका–२ पाग्म स्थित भेरी नदी टापुमा आकास्मिक अवतरण गर्नु परेको हो । आकास्मिक अवतरण भएको सेनाको हेलिकप्टरबाट कुनैपनि प्रकारको क्षती नभएको बताईएको छ ।

सेनाको पश्चिम एयरबेस सुर्खेतबाट सहयोगका लागि अर्को हेलिकप्टर पठाएर सामान्य मर्मतपछि उद्दार भएको प्रत्यक्षदर्शी स्थानीय रत्नप्रसाद गौतमले बताउनु भयो । यता पश्चिम एयरबेस सुर्खेतले मौसम खराबीका कारणले बराहतालको पाग्ममा आकास्मिक अवतरण गर्नुपरेको जनाएको छ । उद्दार सहयोगका लागि गएको हेलिकप्टरबाट सामान्य चेकजाँचपछि सुरक्षित फर्किने क्रममा रहेको बताईएको छ ।

Translate »