एमाले कर्णाली संसदीय दलको नेतामा कँडेल

स्काई न्यूज /पुस १३, सुर्खेत । कर्णाली प्रदेश सभा एमाले संसदीय दलको नेतामा एमाले स्थायी कमिटी सदस्य तथां प्रदेश इन्चार्ज यामलाल कँडेल सर्वसम्मत चयन भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आज भएको एमाले कर्णाली कमिटी बैठकमा दलको नेतामा दाबी गरिरहेका एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले सर्मथन गरेपछि कँडेल सर्वसम्मत रुपमा दलको नेतामा चयन भएका हुन् ।

कँडेलले सरकारको नेतृत्व गर्ने उद्देश्यसहित दोस्रो पटक पनि प्रदेशमै चुनाव लड्नु भएको थियो । ४० सिट रहेको कर्णाली प्रदेश सभामा यस पटक एमाले १० सिटसहित तेस्रो दलको रुपमा रहेको छ । एमाले र नेकपा माओवादी केन्द्र वीच आपसी तालमेल भएमा यसपटक कँडेल नै मुख्यमन्त्रीको प्रवल दावेदार मानिएका छन् ।

Translate »