एनटीसीको मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा

कति रिचार्ज गर्दा कति जीबी पाइन्छ ?

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ ।

ग्राहकले २००, ५०० र १ हजार रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने बताएको छ । २०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत एक दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र ५०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत चार दिनसम्म प्रयोग गर्न सकिने चार जीबी डाटा उपलब्ध हुनेछ ।

त्यसैगरी १ हजार रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त हुनेछ । यो अफर मंसिर २० गतेदेखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने कम्पनीले बताएको छ । आर्थिक अभियान

Translate »