पश्चिम सुर्खेतमा कैलालीबाट ३३ केभी विद्युत लाईन ल्याउन निर्माण कार्य तीव्र

मंसिर १४, सुर्खेत । नेपाल विद्युत प्राधिकरणले सुर्खेत सदरमुकाम वीरेन्द्रनगर बाहिरका स्थानीय तहसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा विस्तार गर्न ३३ केभी लाइन निर्माणको कार्यलाई तीव्रता दिएको छ । हालसम्म विद्युत पुग्न नसकेको पश्चिम सुर्खेतका घर–घरमा यसै वर्षदेखि विद्युत पु¥याउने उद्देश्यका साथ पोल गाड्ने र तार तान्ने कामलाई तीव्रता दिईएको हो । जिल्लाको चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तारको निर्माण ठेकेदारले ढिलाई गरेपनि जनप्रतिनिधि खबरदारी गरेपछि निमाण कार्यले गति लिईरहेको छ

कोहलपुर–वीरेन्द्रनगर जोड्ने १३२ केभी लाइन विस्तार ढिलाई भएपछि कैलालीको अत्तरियाबाट ३३ केभी लाइन निर्माण कार्य शुरु गरिएको हो । कोहलपुरबाट ल्याइएको विद्युतले सदरमुकाम वीरेन्द्रनगरसहित कर्णाली प्रदेशका दैलेख, जाजरकोट पठाईदा भार धान्न नसकेपछि कैलालीबाट थप लाइन पश्चिम सुर्खेत ल्याउन लागिएको हो । पश्चिम सुर्खेतमा ल्याउन लागिएको लाइन कैलालीका चिसापानी–सोल्टा–चौकुने–बाबियाचौर–बड्डिचौर–बाँगसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदेबुदे सबस्टेसनमा जोडिनेछ । मोहन्याल गाउँपालिकामा विद्युत सेवा विस्तारका लागि सोल्टासम्म ३३ केभी लाइन यसअघि नै विस्तार भइसकेको छ । अब सोल्टादेखि २४ किलोमिटर लामो लाइन विस्तार गर्न बाँकी रहेको छ ।

यसअघि निर्माण ठेकेदार र प्राधिकरणको ढिलासुस्तीले सुर्खेत–विजौरा ११ केभी विद्युत प्रसारणलाई विस्तार अलपत्र परेको छ । केन्द्रीय प्रसारण विद्युतको लाइन पु¥याउने उद्देश्यले २०७३ सालमा पञ्चपुरीको बाबियाचौरमा विद्युत सवस्टेसन निर्माण भएपनि प्राधिकरणले हालसम्म सञ्चालनमा ल्याउँदा करोडौंका सम्पत्तीमा खिया लागेर खेर गईरहेका छन् । प्रसारण लाइन लिनका लागि वन क्षेत्र प्रयोग गर्नुपर्ने भएपछि लाइन लिन नसकिएको प्राधिकरणले बहाना बनाएपनि गत वर्ष सरकारले बाङेसीमलदेखि चौकुनेसम्मको जंगलको अवरोध हटाईसकेको छ । यसका वावजुद निर्माण ठेकेदार र प्राधिकरणको ढिलासुस्ती आयोजनाको काम अघि बढ्न सकेको छैन् ।

Translate »