सुर्खेत निर्वाचन क्षेत्र नम्वर –२, ‘क’ बाट एमालेका यामलाल कँडेल विजयी

स्काई न्यूज /मंसिर ८, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्वर–२, ‘क’ बाट नेकपा एमालेका उम्मेदवार यामलाल कँडेल विजयी भएका छन् । एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेल १ सय ६१ मतान्तरले जीत आफ्नो पक्षमा पार्न सफल भएका हुन् ।

उनले १८ हजार ५ सय ६१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका कालिप्रसाद शाक्यले १८ हजार ४ सय मत प्राप्त गर्नु भएको छ । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्त पार्टीका सूर्यबहादुर खत्रीले ३ हजार ८५ मत प्राप्त गर्नु भएको सुर्खेतका मुख्य निर्वाचन अधिकारी विष्णुप्रसाद अर्यालले जानकारी दिए ।

Translate »