जुम्लामा मतदान स्थलतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा आठ जना घाइते

मंसिर १, जुम्ला । जुम्लामा मतदान स्थलतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

जुम्ला सदरमुकामबाट तातोपानी गाउँपालिका ८ जनजागृति मावि ताम्ती मतदान केन्द्रमा खटि गएको टोलीलाई लिएर गरेको भे १ च २१८८ नम्बरको बोलेरो जीप निर्वाचन सामाग्रीसहित तिला गाउँपालिका ४ रावतबाडा भन्ने ठाउँमा दिउँसो साढे २ बजे दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए ।

जीप अनियन्त्रित भई त्रिवेणी टोप्ला जोड्ने सडक खण्डबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालक शरेस कार्कीलाई नियन्त्रणमा लिइएको छ । निर्वाचन सामाग्रीमा कुनै क्षति नपुगेको डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

घाइतेहरूको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । घाइतेको अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।दुर्घटनाको थप विवरण आउन बाँकी छ । रेडियो नेपाल

Translate »