विश्वकप फुटबल हेर्न पैसा तिर्नुपर्ने

कात्तिक ३०, काठमाडौं । सर्वोच्च अदालतले विश्वकप प्रसारणमा मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खोलिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै थप शुल्क उठाएर विश्वकप प्रसारण गर्ने बाटो खोलिदिएको हो । योसँगै मिडिया हबलाई प्रशारण शुल्क उठाउन बाटो खुलेको छ ।

अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले मिडिया हबले थप शुल्क ५ सय उठाउन लागेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

केवल टेलिभिजन लिए वापत तिर्नुपर्ने सेवाशुल्क तिरेर सहजै विश्वकप हेर्न पाइने व्यवस्था रहेकोमा नीजि कुनै कम्पनीले त्यस्तो निर्णय गर्न नपाउने रिट निवेदनमा भनिएको थियो ।

गत कात्तिक २२ गते न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले मिडिया हब विश्वकपको नाममा विज्ञापनवापत प्रतिग्राहक रु ५०० उठाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अदालतले उक्त विषयमा छलफलका लागि दुवै पक्षलाई कात्तिक २७ गते बोलाएको थियो । अन्नपूर्ण पोष्ट

Translate »