बदरमत न्यूनिकरणका लागि नमूना मतदान

स्काई न्यूज /कार्तिक २७, सुर्खेत । कर्णाली प्रदेशकै राजधानी सुर्खेत यतिखेर निर्वाचनमय भएको छ । आसन्न निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा नमूना मतदान गरिएको हो । नौ वटा स्थानीय तह रहेको सुर्खेतमा बदरमत न्यूनिकरणका लागि स्थानीय नागरिकको अधिकतम सहभागिता सहित सिम्ताको जामुने बजारमा नमूना मतदान गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लामा सबै पालिकामा नमूना मतदान अहिले जारी राखिएको छ । स्थानीय तह निर्वाचनमा बदर मत बढी भएकाले यसपटक बदर मत न्यूनीकरणका लागि नमूना मतदान कार्यक्रमलाई व्यापक गरिएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए । उनले हालसम्म भएका नमूना मतदानमा न्यून मत मत बदर भएको जनाए । उनका अनुसार प्रचारप्रसारसँगै नमूना मतदान कार्यक्रमलाई व्यापक बनाईएको छ ।

Translate »