एमाले अध्यक्ष ओली आज सुर्खेत आउँदै

स्काई न्यूज /कार्तिक २७, सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आज सुर्खेतमा हुने बृहत् चुनावी जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेकपा एमाले सुर्खेतले आयोजना गरेको बृहत चुनावी जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली सुर्खेत आउन लाग्नु भएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले सम्बोधन गर्ने कार्यक्रमलाई वीरेन्द्रनगर घण्टाघर पश्चिमपट्टीको मैदानमा हजारौं जनसमुदायको सहभागिता रहने गरी आवश्यक सम्पूर्ण तयारीहरु पुरा गरिएको एमाले सुर्खेतका उपाध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए ।

उनले जनसभामा चर्चित लोक गायक बद्री पंगेनीसहितका कलाकारहरुको साँस्कृतिक प्रस्तुति समेत रहेको बताए । उनका अनुसार आजै दैलेखमा हुने एमालेको चुनावी जनसभालाई पनि अध्यक्ष ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Translate »