यूरोपियन चलचित्र महोत्सव सम्पन्न

कला–संस्कृतिको ज्ञान आदानप्रदानमा युरोपियन युनियनको महत्वपूर्ण भूमिका : उपकूलपति सिंह

स्काई न्यूज /कार्तिक २२, सुर्खेत । काठमाडौंबाहिर पहिलोपटक सञ्चालित नेपाल युरोपियन युनियन चलचित्र महोत्सव सम्पन्न भएको छ । विभिन्न पाँच युरोपेली र तीन नेपाली फिल्म प्रर्दशन गर्दै चार दिने महोत्सव मंगलबार सम्पन्न भयो । महोत्सव मध्यपश्चिम विश्वविद्यालयसंगको सहकार्यमा नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले आयोजना गरेको हो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले चलचित्र महोत्सवमार्फत युरोपियन युनियनले कला संस्कृतिको आदानप्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा व्यक्त गरे । युरोपियन युनियनले नेपालको समग्र विकासमा पु¥याएको योगदानको चर्चा गर्र्दै उनले कर्णालीको शिक्षा र कला संस्कृतिको विकासमा अझ भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, ‘कर्णाली कला संस्कृतिमा धनी छ, फिल्मी क्षेत्रको विकास र प्रर्वद्धनका लागि झन यहाँ धेरै सम्भावना छन् ।’
नेपालस्थित युरोपेली युनियनको डेलिगेसनका पे्रस तथा सूचना अधिकारी अम्बर मैनालीले चलचित्र महोत्सवमा सहकार्य गरेकामा युरोपली युनियनका राजदूतका तर्फबाट विश्वविद्यालय पदाधिकारीलाई हार्दिक धन्यवाद व्यक्त गरे । महोत्सवको चौथो दिन युरोपेली फिल्म रोमिज सलून र नेपाली फिल्म ऐना झ्यालको पुतली देखाइएको थियो । त्यस्तै चलचित्र निर्देशक सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रकर्मी, विद्यार्थीका लागि चलचित्र निर्माणसम्बन्धी भर्चुअल माध्यमबाट मास्टरक्लास दिएका थिए । महोत्सवमा द लिटिल कमरेड, गड्स अफ मोलेल्बीक र लाहुरेनी (गोर्खा गर्ल), लोला, अस्कर एण््ड लिली र येट अनदर विन्टर देखाइएको थियो । महोत्सव कुइनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयको हलमा सञ्चालन भएको थियो । महोत्सवमा दर्शकलाई निःशुल्क हेर्ने व्यवस्था मिलाइएको थियो ।

Translate »