सुर्खेतका दुई युवा भेरी नदीमा बेपत्ता

स्काई न्यूज /कार्तिक १२, सुर्खेत । सुर्खेतका दुई युवा भेरी नदीमा पौडी खेल्दाखेल्दै बेपत्ता भएका छन् । भेरीगंगा नगरपालिकाको सत्तरीमा शनिबार तिहारमा भैली खेलेर उठेको पैसाले पिकनिक खान गएका उनीहरु नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दिपक थापा र १८ वर्षीय चन्द्र बिसी रहेको छन् । अहिले उनीहरुको खोजी कार्य जारी राखिएको छ ।

Translate »