निर्वाचन क्षेत्र तोकेरै उम्मेदवारको अधिकतम खर्च तोकियो, कुन निर्वाचन क्षेत्रको खर्च सीमा कति ?

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन क्षेत्र तोकेरै उम्मेदवारले खर्च गर्न पाउने अधिकतम खर्चको सीमा तोकेको छ । आयोगले तोकेको सीमामा यस वर्ष निर्वाचन क्षेत्र अनुसार २५ लाख देखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।

काठमाडौं जिल्लाका ५ ओटा निर्वाचन क्षेत्रमा अधिकतम २५ लाख रुपैयाँभन्दा बढी चुनाव खर्च गर्न नपाउने आयोगले सीमा तोकेको छ । काठमाडौंका बाँकी ५ ओटा निर्वाचन क्षेत्र, ललितपुर, भक्तपुर सहित १७ निर्वाचन क्षेत्रमा अधिकतम २७ लाख रुपैयाँसम्म चुनाव खर्च गर्न पाउने छन् ।

तराईका अधिकांश जिल्लामा भने अधिकतम २९ लाख रुपैयाँ मात्रै खर्च गर्न पाइने छ । २९ लाखको सीमा तोकिएका निर्वाचन क्षेत्र ६५ ओटा छन् । तराईका भित्रि पहाडी क्षेत्र सहित भित्रि मधेसका जिल्लामा अधिकतम ३१ लाख रुपैयाँ खर्चको सीमा तोकिएको छ । यस्तो निर्वाचन क्षेत्र ५२ ओटा रहेका छन् । हिमाली र पहाडी जिल्लाका २६ ओटा निर्वाचन क्षेत्रमा भने अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले सार्वजनि गरेको सूचीमा उल्लेख छ । आर्थिक अभियान

Translate »