शताब्दीपुरुष जोशीको शोकमा भोलि सार्वजनिक बिदा

असोज ३१ , काठमाडौं ।  सरकारले कात्तिक १ गते (भोलि) सार्वजनिक बिदा दिएको छ ।  शताब्दीपुरुष सत्यमोहन जोशीको शोकमा कात्तिक १ गते सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

Translate »