सुर्खेतका आन्दोलित व्यवसायीलाई एमालेको साथ

असोज ३०, सुर्खेत । सुर्खेतका व्यवसायीहरूको आन्दोलनप्रति नेकपा एमाले सुर्खेतले ऐक्यबद्धता जनाएको छ । सुर्खेत उद्योग वाणिज्य संघ, सुर्खेत चेम्वर्स अफ कमर्सलगायत संयुक्त व्यवसायी संघर्ष समितिले बैंकहरूले निजी क्षेत्रलाई धाराशायी बनाउने गरी ब्याज दरमा बृद्धि र व्याज किस्ताका लागि दिएको मानसिक यातनाका विरुद्ध भन्दै व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन् । आइतबार विज्ञप्तिमार्फत एमालेले सुर्खेतले सुर्खेतका व्यवसायीहरुको आन्दोलनमा साथ दिएको हो । देशको अर्थतन्त्र धानिरहेको निजी क्षेत्रलाई समस्याग्रत गराउने गरी नेपाल राष्ट्र बैंकले जारी गरेको मार्गनिर्देशनको आडमा बैंकहरूले ऋण लगानीमा मनपरी ब्याज असुली रहेको आरोप व्यवसायीहरूको छ ।

निजी क्षेत्र व्यवसायीहरूका मागप्रति संवेदनशिल हुनुको साटो स्थानीय प्रशासनले समेत धम्कीको भाषा बोलेको र सरोकारवाला निकाय समेत गम्भीर नबनेको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी नेतृत्वको सरकार हुँदा सहज कर्जा उपलब्ध कर्जाको ब्याजदर न्यून र सामयिक रहेकोमा अहिले परमादेशबाट बनेको गठबन्धन सरकारले व्यवसायी क्षेत्रलाई तहसनहस गराउँदै नेपालको समग्र आर्थिक क्षेत्र नै लथालिंग बनाएको छ । सुर्खेतका आफ्ना व्यवसायीहरूले आफ्ना व्यवसायिक मागहरू राखेर गरेको आन्दोलनमा अनावश्यक बल प्रयोग नगर्न मागहरुप्रति गम्भिर बनी समस्या समधानका लागि पहल गर्न आग्रह गर्दछौं ।’क्षेत्रमा भएको ऋण लगानीको ब्याज मनपरी ढंगले महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेको शुल्क लिएर थप आर्थिक भार थप्ने र व्याज किस्ताका लागि तारन्तार मानसिक दवाव दिएपछि आफूहरू आन्दोलित बनेको संयुक्त व्यावसायिक संघर्ष समिले जनाएको छ । व्यवसायीहरुले आज र भोलिका लागि सुर्खेतका बैंक बहिस्का गरेका छन् । यस अघि शुक्रबार सुर्खेत बन्द गर्नुका साथै राष्ट्र बैंक र अर्थ मन्त्रालयको समेत मागहरुप्रति ध्यानाकर्षण गराएका थिए ।

सुर्खेत उद्योग वाणिज्यका अध्यक्ष लक्ष्मण कंडेलले आफुहरुले सुरु गरेको आन्दोलन व्यवसायीहरुको मात्र नभएर आम नागरिककको सवाल भएको बताए । उजले आफूहरुले शुरू गरेको आन्दोलनलाई एमालेले विज्ञप्ति निकालेर सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे । उनले भने, ‘बैंकहरूले मनलाग्दी चर्को रूपमा ब्याजदर बढाएको अवस्थामा यो व्यवसायीको मात्र आन्दोलन नभएर आम नागरिकको सवालसँग जोडिएको विषय पनि हो । यसमा सबै राजनीतिक दलहरुले बोल्नुपर्छ । हाम्रो मागहरुलाई सुनुवाई गर्न एमाले सुर्खेतले विज्ञप्तिमार्फत जुन आव्हान गरेको छ, हामी धन्यवाद र आभार व्यक्त गर्न चाहान्छौँ । अन्य पार्टीहरुलाई पनि बोल्न अनुरोध गर्दछौं ।’

Translate »