खाद्य तथा व्यापार कम्पनीद्वारा कर्णालीका सबै जिल्लामा सुपथ मूल्य पसल सञ्चालन

साल्ट टे«डिङले यस वर्ष वर्ष सुर्खेतमा सुपथ पसल सञ्चालन गर्न सकेन

स्काई न्यूज /असोज १, सुर्खेत । दशै, तिहार र छठलाई लक्षित गरेर शनिबारदेखि सुर्खेतसहित कर्णालीका दशै जिल्लाहरुमा सुपथ पसल सञ्चालनमा आएका छन् । चाडपर्वको बेलामा बजारमा अस्वभाविक मुल्यवृद्धि हुने भएकाले सरकारले उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालनमा ल्याईएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालयले सुर्खेतको वीरेन्द्रनगर स्थित गोदाम हल लाईनमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले स्थापना गरेको चाडवाडलक्षित सुपथ मूल्य पसलको शनिबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उद्घाटन गरे । उनले दशैं, तिहार, छठ लगायतका चाडपर्वहरु आइरहेकाले चाडपर्वको बेलामा बजारमा अस्वभाविक मुल्यवृद्धि हुने भएकाले सबै सरोकारवालाको समन्वयमा बजार अनुगमनलाई प्रभावकारी तरिकाले तीव्र पारिने जनाए ।

‘बजारमा हुने अस्वभाविक मूल्य बृद्धि नियन्त्रण गर्नुका साथै विपन्न तथा गरिवीको रेखामुनि रहेका नागरिकलाई लक्षित गरेर ल्याईएको सुपथ पसलहरुबाट विचौलियाले फाइदा उठाउनु हुँदैन,’ उनले भने, ‘चाडपर्वमा आम नागरिकलाई सेवा पु¥याउन यस्ता सुपथ मूल्य पसलहरु अब सरकारी स्वामित्वका मात्र होइन, नीजि क्षेत्रले समेत आफ्नो सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्न आग्रह गर्दछु ।’ उनले यस्ता सहुलियत मूल्य पसल शहरमा मात्र होइन, गाउँसम्म पु¥याउन आवश्यक रहेको औल्याए । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाश तारा बयकले चाडपर्व लक्षित सहुलियत मूल्यपसल हुनेखाने शहरियालाई मात्र केन्द्रित नगरि दूरदराजका आम नागरिक सम्म पु¥याउन आग्रह गरे ।

उनले बजार मूल्य अनियिन्त्रत रहेकाले अनुगमनको पाटोलाई प्रभावकारी बनाउँदै आम उपभोक्तालाई सरकारको उपस्थिति महसुस हुने गरि काम गर्न सुझाव दिए । यस वर्ष साल्ट टे«डिङ कर्पोरेशनले सुर्खेतसहित कर्णाली प्रदेशभरी सहुलियत मूल्य पसल सञ्चालन गर्न नसकेको प्रति दुःखेसो पोख्दै यर्थाशीघ्र सहुलियत मूल्य पसल सञ्चलन गर्न उनले आग्रह गरे । यसअघि साल्टले सुर्खेतमा चाडपर्व लक्षित सहुलियत मूल्य पसलबाट नून, चिनी विक्री गर्दै आईरहेको थियो । उता नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले चाडपर्व लक्षित सुपथ मूल्य पसलको मर्म र भावना विपरित कार्यलाई रोक्दै विचौलिया नियन्त्रण गरिनु पर्नेमा जोड दिए । उनले अनुगमनको पाटोलाई प्रभावकारी बनाउँदै कालाबजारी तथा एकाधिकार गर्ने व्यापारीलाई कार्वाही गर्न माग गरे ।

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालय प्रमुख माधव मिश्रले चाडपर्व लक्षित सहुलियत मूल्य पसलमा आम उपभोक्ताको अधिकारलाई सुरक्षित राख्दै वस्तुहरुको विधिकरणमा जुटिएको बताए । उनले सहुलियत मूल्य पसलबाट चामल, दालसहित ध्यू, तेल तथा अन्य मशालाजन्य वस्तु उपलब्ध गराउनका लागि पहल गरिएको जानकारी दिए । ‘चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गरिएको हो,’ उनले भने, ‘चाडपर्वमा उपभोक्तालाई राहत दिन कम्पनीले प्रदेशका दशै जिल्लामा सुपथ पसल सञ्चालनमा ल्याएको छ ।’ उनका अनुसार चामल, दालमा प्रतिकेजी सात रुपियाँ छुट दिइएको छ ।

कार्यक्रममा वीरेन्द्रनगर औद्योधिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जीवनारायण बन्जाडे, सुर्खेत उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष सिंहराज वमलगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । चाडपर्वमा उपभोक्तलाई सहुलियत दिन खाद्य कम्पनीलाई दुई करोड ३२ लाख र साल्ट्र टे«डिङ कर्पाेरेसनलाई एक करोड रुपियाँ छुट्याएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यसबाट उपभोक्तालाई छुट दिएबापतको रकम जति हुन्छ त्यति रकम सरकारले शोधभर्नाबापत उपलब्ध गराउने गर्छ । दुई वर्षअघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ । सुुपथ पसल कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछन् ।

Translate »