फरार दुई जना प्रतिवादी जेल चलान

स्काई न्यूज/ साउन १९, सुर्खेत । सुर्खेत प्रहरीले छुट्टाछुट्टै मुद्धामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ । प्रहरीले जवरजस्ती करणी उद्योग मुद्धामा फरार रहेका बराहताल गाउँपालिका–८, का मदन भण्डारीलाई विहीबार भट्टेघारीबाट पक्राउ गरेको हो । उनलाई सुर्खेत जिल्ला अदालतले २ वर्ष १० महिना २४ दिन कैद सजाय तोकेको थियो । प्रहरी अर्का वन मुद्धामा फरार रहेका वीरेन्द्रनगर–२, का नरेश रोकायलाई पक्राउ गरेको हो ।

उनलाई सुर्खेत जिल्ला अदालतले २ महिना ८ दिन कैदसँगै .९ नौ हजार ४ सय ४८ रुपैयाँ जरिवाना तोकेको थियो । अदालतले कैद फैसला सुनाएपनि उनीहरु लामो समयदेखि फरार थिए । कर्णाली प्रदेश व्यूरो सुर्खेतबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरी कैद भुक्तानका लागि जेल चेलान गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) सूरज कार्कीले जानकारी दिए ।

Translate »