आयुर्वेद तथा जडिबुटी दिवस मनाईयो

स्काई न्यूज/ साउन १९, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले योग र आयुर्वेद मानव जीवनका लागि अति महत्वपूर्ण रहेकाले हामी सबैले ग्रहण गर्नुपर्ने बताएकी छिन् । पतंजली योग समिति सुर्खेतले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको आयुर्वेद तथा जडिबुटी दिवससँगै आर्युवेद शिरोमणि आचार्य श्रीबालकृष्ण महाराजको ५१ औं जन्म दिनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा योग तथा आयुर्वेदको विकासका लागि व्यक्तिगतसँगै संस्थागत तवरले सहयोग गर्ने प्रतिवद्धता जनाएकी हुन् ।

कार्यक्रममा वीरेन्द्रनगरका–६, नम्वर वडाअध्यक्ष जनक रावल र समाजसेवी जयन्ती थापाले समेत योग तथा आयुर्वेदको प्रचारप्रसारमा सहयोग पु¥याउने जिकिर गरे । दिवसकै अवसरमा विहानै ५ बजे योग साधना, शान्तिपाठसँगै राममन्दिर परिसरको सरसफाई गरिएको समितिका अध्यक्ष शिवप्रसाद गौतमले जानकारी दिए । उनले दिवसकै अवसरमा समितिबाट वातावरण शुद्धताका लागि हवन कार्य समेत गरिएको बताए ।

समितिका महिला तथा मिडिया प्रभारी गिता वलीले आयुर्वेद तथा जडिबुटी दिवसको अवसरमा रुद्राक्ष, रक्तचन्दन, नीम, अमला, सेतो चन्दन, गुर्जोलगायत महत्वपूर्ण बोट विरुवा रोपिएको जानकारी दिईन् । उनले दिवसकै अवसरमा चर्चित समाजसेवी जयन्ती थापा, वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकाल एवं वीरेन्द्रनगर–६, नम्वर वडाअध्यक्ष जनक रावललाई सम्मान गरिएको बताईन् ।

उनका अनुसार दिवसकै अवसरमा पतंजली योग समिति सुर्खेतको साधना केन्द्र गुराँस पार्कका योग शिक्षक भूपेन्द्रप्रसाद सापकोटाले साझाघरका अनाथ बालबालिकालाई खाद्यान्नलगायतका सामाग्री प्रदान गरेका हुन् । कार्यक्रममा पतंजली योग कर्णाली प्रदेश समितिका संगठन मन्त्री नरेश्वर अधिकारी, समितिका सदस्य सन्ध्या त्रिपाठी, पतंजली योग समिति सुर्खेतका महिला उपाध्यक्ष नन्दा दहाल, महामन्त्री पूण्यप्रसाद कोइराला, समितिका कोषाध्यक्ष हिमाल चन्द, सदस्य धनबहादुर जिसी, बालकृष्ण खरेल, नगरप्रभारी खगिसरा खत्रीलगायतले योग र आयुर्वेदको महत्वका बारेमा प्रकाश पारेका थिए ।

Translate »